झापा र मोरङबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार १३:०१
सांकेतिक तस्बीर

विराटनगर । प्रहरीले झापा र मोरङबाट लागुऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ । आइतबार झापाको झापा गाउँपालिका– ४ बाट एक जना र विराटनगरबाट दुई जनालाई पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका– १७ बाट बा८५ प ४६१६ नम्बरको मोटरसाइकलमा सवार सुनसरी धरानका २८ वर्षीय रोहित लिम्बु र धनकुटा राजारानीका २६ वर्षीय दिपक लिम्बुलाई १ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

Advertisement

झापामा भारतबाट नेपालतर्फ आँउदै गरेको साइकल यात्री कन्काई नगरपालिका– ५ का ३५ वर्षीय चिरञ्जीवी भुजेल, ३८ वर्षीय सुरेश ऋषिदेवलाई १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

clockप्रकाशित मिति:  २०८१ माघ २१, सोमबार १३:०१
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.