मानव कंकालका कारोबारी राय : छुटेपछि पुरानै धन्दा, कानुनले के भन्छ ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार १४:१५

विराटनगर । सशस्त्र प्रहरीले विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट मानव कंकालसहित पक्राउ गरेर एक व्यक्तिलाई कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

आइतबार ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टासहित सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद रायलाई पक्राउ गरेको थियो ।

Advertisement

इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका राय मानव कंकालका पटके कारोबारी हुन् । उनलाई कुन मुद्दा चलाउने भन्ने अन्योल छ । किनकि मानव कंकालका विषयमा कानुनले स्पष्ट बोलको छैन ।

यसअघि २०७८ असोज २० गते राय २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डीसहित रानीबाटै पक्राउ परेका थिए ।  त्यसबेला उनीसँग झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्की पनि थिए । राय १७ दिन प्रहरी हिरासतमा बसेर छुटे ।

त्यसबेला पनि उनीविरुद्ध मुद्दा चलाउने स्पष्ट कानुनी आधार नभएका कारण प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको थियो । अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी बुझाएर छुटेका उनी फेरि ३ वर्षपछि मानव कंकालसहित पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा रायले प्रहरीलाई धामीझाक्रीलाई बिक्री गर्नका लागि ल्याएको बयान दिएका छन् । ‘मानव कंकाल धामीझाक्री र लामाहरुलाई बिक्री गर्न ल्याएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

सशस्त्र प्रहरीले पक्राउ गरेर बुझाएका व्यक्तिलाई कुन मुद्दा चलाउने भन्ने अन्योल रहेको उनले बताए । मानव कंकाल ओसारपसारका विषयमा कानुनले केही बोलेको छैन ।

‘कुन मुद्दा चलाउने भन्ने हामी परामर्शमा छौं,’ उनले भने, ‘पहिले यिनै व्यक्तिलाई अभद्र व्यवहार मुद्दा चलेको रहेछ ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.