बन्दुकसहित १ जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २१, सोमबार १६:२२

विराटनगर । ताप्लेजुङको पाथीभरा याङबरक गाउँपालिका–१ बाट प्रहरीले बन्दुकसहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १ नाल भरुवा बन्दुकसहित ४० वर्षीय बिर्खराज राईलाई पक्राउ गरेको हो । घरमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको सूचना प्रहरीलाई पुगेको थियो ।

Advertisement

ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी रवि रावलको नेतृत्वमा गएको टोलीले राईको घरमा छापा हान्दा भरुवा बन्दुक फेला परेको हो । घरभित्र लुकाएर राखेको अवस्था बन्दुक फेला परेपछि राईलाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

राईमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार बिना लाइसेन्स घरमा हतियार राखेको पाइएको छ ।

clockप्रकाशित मिति:  २०८१ माघ २१, सोमबार १६:२२
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.