आजदेखि मुलुकभर एचपीभी अभियान सञ्चालन, पौने १७ लाख बढी किशोरीलाई खोप दिने तयारी

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार ०६:३४

विराटनगर । पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान आज (मंगलबार)देखि मुलुकभर सञ्चालन गरिँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व क्यान्सर दिवसको अवसर पारेर देशभर विद्यालय केन्द्रित निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने भएको हो । खोप अभियान आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने छ ।

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पाठेघरको मुखको क्यान्सर छ । त्यसको जोखिमबाट बचाउने उद्देश्यले एचपीभी खोप अभियान सरकारले सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पौने १७ लाख बढी किशोरीलाई खोप दिने तयारी छ ।

अभियानमा १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिइने छ ।

तोकिएको उमेर समूहका किशोरीहरु नछुटुन् भन्ने उद्देश्य सरकारको रहेको छ । खोप अभियानका लागि २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० स्वयंसेवक र १५ हजार ६ सय ७४ जना सुपरीवेक्षक परिचालित छन् । विद्यालयहरुमा १८ हजार ९ सय र अन्य स्थानमा ८ हजार २ सय खोप केन्द्र तोकिएको छ ।

मन्त्रालयले कुनै पनि जोखिम नरहेकाले ढुक्क भएर खोप चलाउन सबैमा आह्वान गरेको छ । पाठेघरमा हुने क्यान्सरबाट जोगिनका लागि एचपीभी खोप लगाउनैपर्ने हुन्छ । पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा छ ।

पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउने चिकित्सकहरु बताउँछन् । एचपीभी खोप पाठेघरको मुखको क्यान्सरका लागि सुरक्षित र प्रभावकारी मानिन्छ ।

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट ४ जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । खोपले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
गगनका पूर्वशिक्षक खड्गीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी
बेल्जियमका वैज्ञानिकले पाए भौतिशास्त्रको नोबेल पुरस्कार
११ दशमलव ९६ अंकले बढ्यो नेप्से
कोशीको नयाँ अभ्यास : कमजोर खेल सुधार्न अरु प्रदेशसँग सहकार्य, पदक विजेतालाई नगदसहित सम्मान
वैदेशिक रोजगारी व्यवस्थित गर्न तीनै तहबीच समन्वयमा जोड
कोशीमा १ हजार १६० जनामा स्क्रब टाइफस संक्रमण, देशभर १० हजारभन्दा बढी
कांग्रेस वरिष्ठ उपाध्यक्षमा शर्माको उम्मेदवारी
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश
नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×