यस्तो छ रवि लामिछानेविरुद्ध दर्ता भएको अभियोगपत्र, कति हुन्छ सजाय ? (पूर्णपाठ)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार १७:३८

विराटनगर । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा मंगलबार मुद्दा दर्ता भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलनसँग सम्बन्धित मुद्दा जिल्ला सरकारी वकिल कार्यालयले दर्ता गराएको हो । पुरक अभियोगमार्फत दर्ता भएको मुद्दामा १५ जना प्रतिवादी छन् ।

Advertisement

अभियोगपत्रमा सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ ४७ पैसा ठगी भएको उल्लेख छ । लामिछानेमाथि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसुर गरेको अभियोगमा ठगी मुद्दा दायर भएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ मा कसैले ठगी गर्न वा गराउन नहुने कुरा उल्लेख छ । उपदफा २ मा उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाइ, झुक्याइ वा अन्य कुनै किसिमले धोका दिइ कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिने उल्लेख छ ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसुर गरेको ठहर गरी दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुनुपर्ने मागदाबीसहितको अभियोगपत्र दायर भएको हो । उपदफा ३ को (ग) मा खण्ड (क) वा (ख)मा लेखिएको बाहेक अन्य कुनै किसिमले ठगी गरेमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ ।

यस्तो छ अभियोगपत्र

 

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.