विराटनगरमा राष्ट्र बैंकको बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलवार १९:४७

विराटनगर । नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय विराटनगरको डिजिटल डिस्प्ले बोर्ड ह्याक भएकाे छ ।

मंगलबार बेलुका ह्याकरले विराटनगरस्थित राष्ट्र बैंक कार्यालय अगाडि पट्टी राखिएको डिजिटल डिस्प्ले बोर्ड ह्याक गरेका हुन् ।

Advertisement

ह्याकरले बाेर्डमा ‘आइ लभ यू खुस्बु रानी’ लेखेका छन् ।

नेपाल राष्ट्र बैंक विराटनगरका निमित्त प्रमुख खीलबहादुर श्रेष्ठले ह्याकरले बोर्ड ह्याक गरी जथाभावी  लेखेकाे जानकारी दिए ।

‘ह्याक भएको जानकारी पाउने वितिकै हामीले बोर्ड अफ गरेका छौ‌,’ उनले भने,‘ हाम्रो प्राविधिक टोलीले हेरिरहेको छ ।’

clockप्रकाशित मिति:  २०८१ माघ २२, मंगलवार १९:४७
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.