चितवन अदालतमा हाजिर हुने रवि लामिछानेको तयारी

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २३, बुधबार ०९:०५

विराटनगर । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्ला अदालत चितवनमा उपस्थित हुने तयारी गरेका छन् ।

उनी सम्भवतः आज (बुधबार) नै अदालतमा हाजिर हुने छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको अभियोगमा उनीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ ।

लामिछाने मंगलबार राति नै चितवन पुगेका छन् । ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने मागदाबीसहित मुद्दा दायर भएको छ ।

६ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम ४३ करोड ३२ लाख ७ हजार ९२ सय ८ दशमलव ७५ रहेको छ । पुरक अभियोग दर्ता गरिएको मुद्दामा लामिछानेसहित १५ जनालाई प्रतिवादी बनाइएको छ । सरकारीको रकम हिनामिनामा ६ वटा संस्थाविरुद्ध पनि अभियोग पत्र दायर भएको छ ।

मुद्दामा लामिछानेसहित रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठलगायत प्रतिवादी छन् । लामिछानेविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा दायर भएको छ ।

अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ । साहारा चितवन सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको छ ।

सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीले दिएको थियो । यसअघि गत असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ।

सहकारीका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राईसहित कुमार रम्तेल, सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.