हजुरआमा र ८ महिने नातिको हत्या, शंकास्पद व्यक्ति पनि मृत भेटिए

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २९, मंगलबार २१:४८

रुपन्देही । रुकुमपूर्वमा ६० वर्षीय महिला र उनका ८ महिने नातिको हत्या भएको छ ।

भूमे गाउँपालिका वडा नम्बर– ४ की ६० वर्षीया ढाटी बुढा र उनको नाति ८ महिनाको समीर बुढाको मंगलबार हत्या भएको हो ।

घटनामा संलग्न भएको भनिएका शंकास्पद व्यक्ति पनि मृत भेटिएका छन् । बुढाका छिमेकी ५३ वर्षीय चन्द्रसिङ पुन खोलामा मृत फेला परेका हुन् । प्रहरीका अनुसार पुन भीरबाट लडेको जस्तो देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी माधवराज खरेलले घटनाको अनुसन्धान भइरहेको बताए । मदिरा सेवन गरिरहने पुनले नै हत्या गरेर भाग्ने क्रममा भीरबाट लडेर खसेजस्तो देखिएको उनले बताए ।

घटनाको सूक्ष्म रुपमा अनुसन्धान भइरहेको उनले बताए । उनका अनुसार पुन खुलखुले खोलामा मृत फेला परेका थिए । खोला र घटनास्थल करिब आधा घण्टाको दुरीमा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.