
काठमाडौं । जुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार बिहान ११ बजेर ५६ मिनेटमा जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको महसुस मात्रै भएको र क्षति नभएको बताइएको छ ।























