अमेरिका पठाउने भनेर रकम ठगी गर्ने पक्राउ

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २, शुक्रबार १३:२१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । अमेरिका पठाइदिने भनेर २१ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सिरहाको सिरहा नगरपालिका–८ घर भइ काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका–५ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने २९ वर्षीय विशाल ठाकुर पक्राउ परेका हुन् । अमेरिका पठाइदिने भनेर २ जनाबाट २१ लाख ठगी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

रकम लिएपछि उनीहरु फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र विशाललाई काठमाडौं कोटश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग र प्रहरी वृत्त बौद्ध पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.