आगामी बजेट १९ खर्ब बराबरको हुने

Share this
799shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार १७:१२

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट १९ खर्ब बराबरको हुने गरी स्रोत अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०८२–०८३ का लागि बजेटको सिलिङ अनुमान राष्ट्रिय योजना आयोगले गरेको हो । त्यसै अनुरुप आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा बुझाएको छ ।

चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो । मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । चालु आर्थिक वर्षको भन्दा करिब १२ प्रतिशत वृद्धि हुने गरी योजना आयोगले स्रोतको अनुमान गरेको छ ।

हालै सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधनमार्फत फागुनको पहिलो साताभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरी त्यसको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार योजना आयोगले स्रोतको अनुमान गरेर अर्थ मन्त्रालयमा प्रतिवेदन बुझाएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.