धरानमा सामाजिक सद्भाव भड्काउन खोजेको आरोपमा महिला पक्राउ

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ७, बुधबार ०९:०७

विराटनगर । सुनसरीको धरानमा अफवाह फैलाएर सामाजिक सद्भाव भड्काउन खोजेको आरोपमा प्रहरीले आज (बुधबार) बिहान १ जना महिलालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूका अनुसार धरान उपमहानगरपालिका–१० की ३५ वर्षीया सिर्जना बेघालाई पक्राउ गरिएको हो । बेघालाई अमरहाटबाट पक्राउ गरिएको जानकारी जबेगूले दिए ।

प्रहरीका अनुसार बेघाले लामो समयदेखि सामाजिक सञ्जालमार्फत सद्भाव भड्काउने गतिविधि गरिरहेकी थिइन् । बेघामाथि चन्दा असुली गरेको आरोप पनि छ । सद्भावन भड्काउन खोजेको र चन्दा असुलीमा संलग्न भएको पाइएपछि पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको जानकारी जबेगूले दिए ।

जबेगूका अनुसार १ वर्षअघि पनि उनले धरानको शान्ति सद्भाव भड्काउन कानुनविपरीतका क्रियाकलाप गरेकी थिइन् । यसअघि सार्वजनिकस्थलमा गोरु काटेर भोज खाएको भिडियो सामाजिक सञ्जालमा हालेको र इलाका प्रहरी कार्यालयको गेटमा तोडफोड गरेको अभियोगमा समेत उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गर्ने प्रहरीको तयारी छ । बेघाले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रहरी प्रशासनविरुद्ध झुटा आरोप लगाउने र सामाजिक सद्भाव भड्काउने एवं चन्दा असुल्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.