प्रकृति लम्सालको शव नेपाल ल्याइयो

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ७, बुधबार २२:२८

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको आज साँझ नेपाल ल्याइएको छ ।

भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मीको समन्वयमा भैरहवा ल्याइएको हाे । प्रकृतिकी फुपू सीता ढकालका अनुसार आज प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा राखिनेछ ।

प्रकृतिको शङ्कास्पद मृत्युपछि कलेज प्रशासनले विद्यार्थीलाई गरेको व्यवहारको नेपाल र भारतमा आलोचना भइरहेको छ । चर्को आलोचना पछि कलेजले सार्वजनिक रुपमा माफी मागेको थियो ।

आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । सोही साँझबाट विद्यार्थीले उनको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए । तर, कलेज प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गर्दै घर पठाएको थियो ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.