हिमपात र वर्षाको सम्भावना

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ८, बिहीबार ०६:४१

काठमाडौं । मुलुकका विभिन्न ठाउँमा आज (बिहीबार) हिमापात हुनसक्ने पूर्वानुमान गरिएको छ । भोलि (शुक्रबार) पनि हिमपातको सम्भावना छ ।

मुलुकका धेरै ठाउँमा आज र भोलि वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेश बाहेकका अरु ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । गण्डकी प्रदेशको १–२ स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको हो । आज गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा चट्याङसमेत पर्नसक्ने महाशाखाले जनाएको छ ।

देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु लागेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली साथै देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागहरूमा मौसम मुख्यतया सफा रहनेछ।

मुलुकका विभिन्न स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको एवं देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.