‘नो केबलकार’ पक्षधरको पदयात्रा 

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ८, बिहीबार १२:१६

विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिरमा केबलकार निर्माणको विरोध गर्दै बिहीबार (आज) ‘नो केबलकार’ पक्षधरले पदयात्रा सुरु गरेका छन् ।

‘नो केबलकार’ पक्षधरको अगुवाइमा पाथीभरा क्षेत्रमा वृहत् पदयात्रा सुरु भएको हो । राष्ट्रिय मुक्ति नेपाल पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङ, संविधानसभा सदस्य राजकुमार नाल्वो, किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन, पहिचानवादी नेता खगेन्द्र माखिम, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति अध्यक्ष खगेन्द्र फेम्बु लिम्बू, मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष अध्यक्ष श्री लिङ्खिमसहितका अगुवाहरू पदयात्रामा सहभागी भएका छन् । 

केबलकार खारेजी संयुक्त संरक्षण समिति अध्यक्ष फेम्बो लिम्बूका अनुसार काफ्लेपाटीबाट सुरु भएको पदयात्रा माथिल्लो फेदीमा पुग्ने र माथिल्लो फेदीमा भेला भएकासहित पुनः काफ्लेपाटीमा कोणसभा हुनेछ । कोणसभामा पहिचान पक्षधर नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.