
विराटनगर । बीभत्स तरिकाले हत्या गरेर परालभित्र लुकाएको अवस्थामा आज (बिहीबार) १ जना महिलाको शव फेला परेको छ ।
रुपन्देहीको सियारी गाउँपालिका–२ मा अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो । प्रहरीका अनुसार शव फेला परेकी महिलाको पहिचान हुन सकिरहेको छैन ।
‘बीभत्स तरिकाले हत्या गरेर परालको थुप्रोभित्र लुकाएको अवस्थामा शव भेटिएको छ,’ १ प्रहरी अधिकृतले भने, ‘तर, मृतकको पहिचान भइसकेको छैन ।’ टाउकोमा देखिएको चोटका कारण महिलाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो ।
हत्यामा संलग्नको पनि पहिचान खुलेको छैन । हत्या कहिलो भएको हो भनेर यकिन हुन बाँकी छ ।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । तालिम प्राप्त कुकुरसहित अनुसन्धान अगाडि बढाएको जानकारी प्रहरीले दिएको छ ।

























