राष्ट्रपति रामचन्द्र पौडेल आज धरान आउँदै

Share this
623shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ९, शुक्रबार ०८:१७

धरान । राष्ट्रपति रामचन्द्र पौडेल आज (शुक्रबार) सुनसरीको धरान आउँदै छन् ।

राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न राष्ट्रपति पौडेल धरान आउने भएका हुन् । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट धरान आउने छन् । हेलिकोप्टरबाट फुस्रेमा रहेको सैनिक विद्यालयको खेल मैदानमा अवतरण गरी कार्यक्रमस्थल पुग्ने बताइएको छ ।

धरान उपमहानगरपालिका–८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा पौडेलले धर्मशाला समुद्घाटन गर्ने छन् । साथै, १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम छ । मन्दिर स्थापनाको ५० वर्ष पुगेको अवसरमा मन्दिरद्वारा निर्मित १६ कोठे धर्मशाला साथै ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गरिने छ ।

धरान–९ का वडाअध्यक्ष रुपेश आचार्यका अनुसार ३ करोड १५ लाखको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठा निर्माण सम्मन्न भएको हो । उपचारका लागि धरान आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई धर्मशाला निःशुल्क उपलब्ध गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.