मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, १ को अवस्था गम्भीर

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ९, शुक्रबार १२:५२

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा ३ वटा मोटरसाइकल एकापसमा ठोकिँदा १ जनाको मृत्यु भएको छ । 

सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका ३ वटा मोटरसाइकल एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएको भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरले जनाएको छ । 

ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका तिम्बाको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सूर्यविनायक–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.