
काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा जागिर खुलाएको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा ३ सय ९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको हो ।
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको छ । प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३ सय १६ जना आवश्यक परेको प्रहरी प्रधान कार्यालयले सूचना गर्दै जनाएको छ ।























