नक्कली सुन देखाई ठगी गर्ने २ जना पक्राउ

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ९, शुक्रबार १४:०४
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । काठमाडौंको कागेश्वरीबाट नक्कली सुन देखाई ठगी गर्ने गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भइ भक्तपुरको थिमी नगरपालिका बोडेमा डेरा गरी बस्ने ६२ वर्षीय धनजित तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ धार्पाका ४८ वर्षीय दलबहादुर तामाङलाई नक्कली सुन देखाई ठगी गरेको आरोपमा पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

भक्तपुरका विभिन्न स्थानहरूमा १ महिनादेखि नक्कली सुन देखाई सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, अपराध शाखा भक्तपुर र पीसीसीबी थिमीको संयुक्त टोलीले उनीहरूलाई काठमाडौं कागेश्वरी मनोहरा–६ मुलपानीबाट पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १ किलोग्राम बराबरको बिस्कुट आकारको पहेंलो धातु १ थान र पिलास १ थान समेत बरामद गरेको छ । 

पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.