आमा-छाेरीकाे मृत्यु

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १०, शनिबार १३:२२

धनगढी । कैलालीमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मीना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको हाे । उनीहरू आमा-छाेरी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराले शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको बताए ।

धनगढीको कैलाली अस्पतालमा उपचारकाे क्रममा मृत्युु भएको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.