नेपालमा हाब्रे पुस्तक विमोचन

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १०, शनिबार १६:४८

इलाम । हाब्रे (रेड पाण्डा) बारे जानकारी गराउने ‘नेपालमा हाब्रेु’ नामक पुस्तक बिमोचन गरिएको छ ।
गिरिराज बाँस्कोटाले सम्पादन गरेको पुस्तक शनिबार इलाममा विमोचन गरिएको हो । 

इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश वन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, वन तथा भूमि विभागका उपनिर्देशक धनञ्जय रेग्मीसहितले संयुक्त रुपमा पुस्तक विमोचन गरे । 

पुस्तक रेड पाण्डा नेटवर्क र श्री दीपज्योती युवा क्लबले प्रकाशन गरेको हो । पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन् ।

पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सीताराम गुरागाईं, विप्लव भट्टराई, भीम चापागाईं, आनन्द गौतम, सरोज शर्मा, एलिना दियालीलगायतको लेख रहेको छ ।
पुस्तकले रेड पाण्डाबारे नीति निर्माण र संरक्षणका लागि महत्वपूर्ण हुने अपेक्षा राखिएको छ । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.