
ताप्लेजुङ । मुक्कुमलुङ (पाथीभरा) पदयात्राका लागि ताप्लेजुङ आएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोलाई शनिबार फुङलिङ बजारमा कालो झन्डा देखाएको छ ।
अध्यक्ष राजेन्द्र महतोलाई ‘नो केबलकार समूह’ ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गर्दा फुङलिङ बजारका स्थानीयले कालो झण्डा देखाएको हुन् ।
जिल्लाको विकासका लागि बनिरहेको केबलकारको विरोधमा विभिन्न जिल्लाबाट पुगेकाहरूको साथमा गएका महतोले शान्ति सुरक्षामा खलबल पुर्याउनुका साथै समाज भाँड्ने काम गरेको स्थानीयले आरोप लगाएका छन् ।
महतो ‘नो केबलकार’ समूहसँग पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा ‘जय पाथीभरा माता’ को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झण्डा देखाइएको स्थानीयले बताएका छन् ।
ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध र समाज भाँड्ने काममा नलाग्न सबैलाई आग्रह गरेका छन् ।























