
विराटनगर । झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार विक्रम निरौलालाई प्रदान गर्ने भएको छ ।
मोरङको ग्रामथान–२ झोराहाटमा रहेको नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोषले स्थापित गरेको पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष विक्रम निरौलालाई दिने निर्णय गरेको हो ।
फाल्गुन २७ गते एक कार्यक्रमका बीच निरौलालाई ११ हजार १ सय ११ राशि र सम्मानपत्र प्रदान गरिने कोषका संरक्षक शंकर लुइँटेलले जानकारी दिए ।
मोरङ कार्यक्षेत्र बनाई सक्रिय पत्रकारिता गर्दै आएका मध्येबाट छनोट गरी प्रत्येक वर्ष १ जनालाई सो पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि पत्रकार अभय राई, विनोद सुवेदी र सुशीला पाठक पुरस्कृत भइसकेका छन् ।
त्यस अवसरमा छत्रपति लुइँटेल स्मृति सेवा निवृत्त शिक्षक सम्मानबाट शिव अधिकारी र नारायण न्यौपानेलाई सम्मानित गरिने जनाइएको छ ।























