ताप्लेजुङमा प्रदर्शनकारीले नागरिककाे घरमा आगाे फाले

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १०, शनिबार २२:०५

विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणकाे विराेध गर्दै आएकाे समूहले नागरिककाे घरमा आगाे फालेका छन् । शनिबार साँझ पदयात्राकाे क्रममा ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारकाे वीरेन्द्र चाेकमा नागरिककाे घरमा आगाे फालेका हुन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राकेँ जुलुसका क्रममा प्रदर्शनकारीले प्रहरी र नागरिकको घरमा आगो फालेका हुन् । घटनापछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको उनले बताए ।

पदयात्राका क्रममा एक्कासी राकेँ जुलुससहित टोली निस्किएपछि विरेन्द्र चोकमा कोणसभा गर्न खोजेका थिए । प्रहरीले उनीहरुले बोकेको आगाे निभाउन खाेजेकाे थियाे । सोही क्रममा प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै आगो फालेका थिए । प्रहरीलाई फालेकाे आगाे नागरिककाे घरकाे छतसम्म पुगेकाे थियाे । घरमा पुगेको आगो  घरधनीले निभाएकाे प्रहरीले बताएकाेछ ।

प्रदर्शनकारीले घरमा आगो फालेपछि अवस्था तनावपूर्ण बनेको थियो । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार आगो फाल्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘नागरिकको घरमा र प्रहरीमाथि आगो फालेका छन्,’ उनले भने,‘ केही नियन्त्रणमा छन, कतिजना छन् भन्ने पुरै विवरण मसँग आइसकेको छैन ।’

ताप्लेजुङको पाथीभरा क्षेत्रमा व्यवसायी चन्द्र ढकालको समूहले केबलकार निर्माण सुरु गरेपछि केबलकारले पहिचान मासिने भन्दै पहिचान पक्षधरले केबलकारको विरोधमा प्रदर्शन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.