जहाज बिग्रिएपछि विमानस्थलमा उडान बन्द

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ११, आइतबार ११:५३

काठमाडौं । नेपाल एयरलाइन्सको जहाजमा समस्या आएपछि रेसुङ्गा विमानस्थलमा फाल्गुन महिनाभर उडान नहुने भएको छ । 

एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको र जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन गर्नु परेको जानकारी दिए । 

नेपाल एयरलाइन्सका २ वटा साना जहाजले सेवा दिँदै आए पनि एउटा जहाज पहिले नै बिग्रिएको र अर्को जहाजको पनि इन्जिनमा अहिले समस्या आएपछि उडान बन्द भएको हो । 

काठमाडौंमा बिग्रेको जहाजको मर्मत भइरहेको र विदेशबाट सामग्री ल्याउनु पर्ने भएकोले समय बढी लाग्ने हुँदा फाल्गुनभर उडान हुने कुनै सम्भावना नभएको थापाले बताए । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.