
काठमाडौं । नेपाल प्रहरीका डीआईजी (प्रहरी नायव महानिरीक्षक) जनक भट्टराई एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयको आइतबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । बढुवाका विषयमा मन्त्रिपरिषद्ले १ साताभित्र निर्णय गर्ने छ । कर्णाली प्रदेश प्रहरी प्रमुख रहेका भट्टराई २२ दिनपछि अवकाशमा जाँदैछन् ।
उनी आईजीपी (प्रहरी महानिरीक्षक) वसन्तबहादुर कुँवरका ब्याजी हुन् । उनी आगामी चैत ४ गते अवकाशमा जानेछन् ।
भट्टराईलाई एआईजीमा बढुवा गर्नकै लागि सेवा अवधि बाँकी रहेकै बेला एआईजी रवीन्द्र केसीलाई राजीनामा दिन लगाएर दरबन्दी खाली गरिएको थियो । केसीले माघ २७ गते राजीनामा दिएका थिए ।


























