
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा माेरङमा भारी वर्षा भएकाे बताएकाे थियाे । विभागका विभिन्न स्टेशनमध्ये मोरङको केराबारी स्टेशनमा अत्यधिक वर्षा ४०१.२ मिलिमिटर मापन भएको देखिएकाे हाे । तर याे मापन गलत रहेकाे विभागले जनाएकाे छ । उपकरणमा समस्या आएकाले मापन गलत देखिएकाे महाशाखाले जनाएकाे छ ।
पछिल्लो २४ घण्टामा सप्तरीको रुपनी बजारमा मध्यम वर्षा भएको छ । रुपनीमा ३६ .४ मिलिमिटर वर्षा भएको हो । सप्तरीकै बरमझियामा १९.६ मिलिमिटर वर्षा मापन भएको छ ।
मकवारपुर र र प्यूठानमा पनि मध्यम वर्षा भएको छ । सिन्धुली, दोलखा र कास्की लगायतका जिल्लामा हल्का वर्षा भएको विभागले जनाएको छ ।
आज कोशी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि अत्याधिक वर्षा मापन शीर्षकमा विभागले प्रकाशन गरेकाे तथ्याङ्क गलत भएका कारण समाचार सच्याइएकाे छ । स.

























