
काठमाडौं । डिउटीमा रहेका प्रहरी कुट्ने नेकपा एमाले निकट विद्यार्थी संगठन विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नेताहरूलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।
न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई छाड्न आदेश दिएको हो ।
अदालतले रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०–१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
यो समूहले २४ माघको राति ठमेलमा ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो ।

























