पाथीभरा केबलकार विवाद : नो केबलकार समूहलाई सरकारले फेरि वार्तामा बोलायो

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १२, सोमबार १९:४२

विराटनगर । पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारविरूद्ध आन्दोलन गरिरहेको ‘नो केबलकार’ समूहलाई सरकारले फेरि वार्तामा बोलाएको छ । नाे केबलकार समूहले यसअघि प्रेमप्रसाद भट्टराईको नेतृत्वमा गठन गरेको वार्ता समितिसँग वार्ता गरेकाे थियाे । साे समितिसँगकाे वार्तामा सहमति नभएपछि मन्त्रीस्तरकाे समितिसँग मात्रै वार्ता गर्ने अडान राखेर आन्दाेलनमा  हाेमिएकाे थियाे ।

बिहीबार पाथीभरा क्षेत्र र शनिबार फुङलिङ बजारमा प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएकाे थियाे । आइतबार प्रतिनिधिसभा र कोशी प्रदेशसभा बैठकमा सांसदहरुले पाथीभरा केलबकार विवाद समाधान गर्न सांसदहरुले माग गरेका थिए । सोमबार भट्टराई नेतृत्वकाे समितिले वार्तामा आउन आग्रह गरेकाे हाे ।

वार्ता टोलीका तर्फबाट जारी गरिएको विज्ञप्तिमा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै हल गरिने उल्लेख गरिएको छ। उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने उल्लेख छ ।

पाथीभरा क्षेत्रमा केबलकारकाे विराेधमा आन्दोलन चर्किएपछि सरकारले गत माघ २० गते वार्ता टोली गठन गरेको थियो । माघ २२ गते आन्दाेलनरत पक्ष र सरकारी वार्ता टाेलीबीच ६ बुँदे सहमति भएको थियो । सो सहमति पछि माघ १५ गतेदेखि नो केबलकार पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता भएको थियो ।

माघ २७ गते सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीचको वार्ता भाडिएको थियो । त्यसपछि आन्दोलनरत पक्षले मन्त्रीस्तरको वार्ता समितिसँग मात्रै छलफल गर्ने बताउँदै आएका छन् । उनीहरुले माघ २८ गते आन्दोलरत पक्षले गृहमन्त्री रमेश लेखकसँग भेटेका थिए । लेखकले सहसचिव भट्टराई नेतृत्वको वार्ता टोलीसँग छलफल गर्न भनेका थिए । त्यसपछि असन्तुष्ट भनेकाे  आन्दोलनरत पक्ष पाथीभरा क्षेत्रमा पदयात्रा गर्ने भन्दै निस्किएको थियो । गत बिहीबार पदयात्राका क्रममा पाथीभराको बलुडाँडा क्षेत्रमा प्रहरी र नो केबलकार पक्षबीच झडप भएको थियो । शनिबार पनि फुङलिङ बजारमा झडप भएको थियो । फुङलिङ बजारमा भएकाे झडपका क्रममा आन्दाेलनकारी र प्रहरी र स्थानीयकाे घरमा राँकाे फालेका थिए ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.