
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ कायम भएको हो ।
सोमबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ८०० रुपैयाँ थियो ।
मंगलबार ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो । यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।
मंगलबार चाँदीको मूल्य भने घटेको छ ।
सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

























