मोरङ, धनकुटा र झापामा दुर्घटना, ३ जनाको मृत्यु

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १४, बुधबार ०७:२८
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । कोशी प्रदेशको मोरङ, धनकुटा र झापामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मोरङमा बुधबार बिहान र धनकुटा एवं झापामा मंगलबार दुर्घटना भएको हो ।

मोरङको बूढीगंगा गाउँपालिका–५ हात्तीमुडास्थित भित्री सडक खण्डमा सीटी सफारी मोटरसाइकल एकआपसमा ठोक्किएर बुधबार बिहानका लागि २ः३० बजेतिर दुर्घटना भएको हो । हात्तीमुडाबाट पोठियातिर जाँदै गरेको प्रदेश १–०२–००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प ६८७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक बूढीगंगा–५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा ३ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर सफारी चालक सुनसरीको दुहबी नगरपालिका–११ का ४० वर्षीय निखिल चौधरी र सफारीमा सवार रहेकी ४० वर्षीया शिलादेवी चौधरी घाइते भएका छन् । सामान्य अवस्थाका दुवै जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा ट्रकको ठक्करबाट मंगलबार राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । धरानबाट हिलेतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ००४९ नम्बरको ट्रकले ठक्कर दिँदा धनकुटा–६ गोठगाउँकी अन्दाजी ७० वर्षीया नन्दकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राईलाई पैदल हिँडिरहेका बेला राति ९ः४५ बजेतिर ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

ट्रक र चालक धनकुटा–१ का ३९ वर्षीय भरतकुमार राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । ट्रक चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसैबीच, हुलाकी सडक खण्डअन्तर्गत झापाको गौरीगन्ज गाउँपालिका–१ मा दुर्घटना हुँदा मोटरसाइकल किशोरको मृत्यु भएको छ । कुञ्जीबारीबाट धानगाडातर्फ जाँदै गरेको बा ६५ प ८७८६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर मंगलबार दिउँसो १२ः५५ बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर चालक झापाको शिवसताक्षी नगरपालिका–४ का १७ वर्षीय सुरज राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका राजवंशीलाई दमक अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका छन् ।

मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.