केराबारीमा भेटियो मानव कंकाल

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १४, बुधबार १८:५७
फाइल फोटो

विराटनगर । मोरङको केराबारी गाउँपालिका–१ ढोडेदह भन्ने ठाउँमा बुधबार मानव कंकाल फेला परेको छ ।

मृत्यु भएको मानिसको शरीरका हड्डीहरु फेला परेका छन् । लगाएको कपडाका आधारमा उक्त कंकाल पुरुषको भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

दाउरा खोज्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई बिहान १० बजेतिर खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट उठाएर कंकाललाई परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।

प्रहरीका अनुसार कंकाल कसको हो भनेर यकिन छैन । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनास्थल केराबारी बजारबाट अन्दाजी २३ किलोमिटर उत्तरमा पर्छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.