पाँचथरमा विद्यार्थी पुर्याएर फर्किएको सफारी दुर्घटना : चालकको मृत्यु, २ जना घाइते

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १५, बिहीबार ०६:५४
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । पाँचथरमा विद्यार्थी पुर्याएर फर्किएको सफारी गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर र १ जनाको सामान्य छ ।

हिलिहाङ गाउँपालिका–४ ओखरबोटेस्थित भित्री सडक खण्डमा बुधबार साँझ ६ः१५ बजेतिर दुर्घटना भएको हो । माङसेवा बोर्डिङ स्कुलका विद्यार्थी पुर्याएर पञ्चमीबाट भालु चोकतर्फ फर्कदै गरेको मे १ ज ३०७३ नम्बरको सफारी आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उक्त सफारी सडकबाट करिब सय मिटर तल खसेको थियो । दुर्घटनामा सफारी चालक हिलिहाङ–१ का अन्दाजी ३५ वर्षीय हेमराज योगीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिममा पुर्याउनसाथ चिकित्सकले राति ८ः५० बजेतिर मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ ।

दुर्घटनामा परेर सफारीमा सवार हिलिहाङ–१ का अन्दाजी २६ वर्षीय विनोद तामाङ र २० वर्षीय आशिष लिङदेन घाइते भएका छन् । घाइतेमध्ये विनोदको अवस्था गम्भीर छ । दुवै जनाको फिदिममै उपचार भरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.