
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । चाँदीको बढेको छ ।
सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुनको मूल्य १ लाख ७० हजार ३ सय रूपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रूपैयाँ थियो ।
बजारमा चाँदीको मूल्य सामान्य बढेको छ । प्रतितोला ५ रूपैयाँ बढेको हो । भाउ बढेसँगै मूल्य तोलाको १ हजार ९ सय ४५ रूपैयाँ पुगेको छ ।



















