
काठमाडौं । नेपाल आयल निगमले आज (शनिबार)देखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।
प्रतिलिटर १ रूपैयाँ मूल्य घटेको छ । निगम सञ्चालक समितिको शुक्रबारको बैठकले डिजेल र मट्टीतेलको भाउ घटाउने निर्णय लिएको हो ।
भारतबाट डिटेल र मट्टीतेल प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको छ । पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौंको हवाई इन्धन र एलपी ग्यासको मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।



















