
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।
रास्वपा केन्द्रीय सदस्य थापालाई अघिल्लो साता अमेरिकी प्रहरीले पक्राउ गरेको हो । नेपालबाट जाँदा जाँदै पेन्सिल्भेनिया एयरपोर्टदेखि उनलाई पक्राउ गरिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन । थापालाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको जनाइएको छ ।

























