
काठमाडौं । नेपाली बजारमालगातार तेस्रो दिन आज सुनको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारपनि सोही मूल्यमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ थियो ।
शुक्रबार घटेर तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कायम भएको हो ।
चाँदीको मूल्य पनि आज स्थिर छ । तीन दिनयता नै चाँदीको मूल्य तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



















