
विराटनगर । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
शाहलाई आइतबार बेलुका हृदयघात भएको हो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।
अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको चिकित्सकले बताएका छन् । पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो ।
राज परिवारमा हृदयघात वंशाणुगत समस्या रहेको र पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको चिकित्सक बताउँछन् । उनलाई अबको ३ दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।























