घट्यो नेप्से, बढ्यो कारोबार रकम

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार १५:४८

काठमाडौं । आइतबारको तुलनामा सोमबार सेयर मापन परिसूचक नेप्से घटेको छ । सोमबार १३.६१ अंकले बजार घटेर २८७६ अंकमा कायम भएको हो । फागुन १ पछि लगातार बढेको थियो । आज भने बजार घटेको हो ।

बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । आइतबार १४ अर्ब २५ करोडको कारोबार भएको थियो । आज १४ अर्ब २८ करोडको भएको छ ।

आज ५१ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो । बैंकिङ १.३५, विकास बैंक ०.८४, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.८८, हाइड्रोपावर १.२१, लगानी ०.२४, व्यापार ०.८४ तथा माइक्रोफाइनान्स ०.८८ प्रतिशत घट्यो । अन्य १‍‍. ६८, निर्जीवन बीमा ०.४६, उत्पादन ०.२५, जीवन बीमा ०.७७ प्रतिशत बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.