बराहका सञ्चालकसहित २६२ जनाविरुद्ध मुद्दा (हेर्नुहाेस् अभियाेग)

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १९, सोमबार १६:०७

विराटनगर । बराह बचत तथा ऋण सहकारी संस्थामार्फत १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन गरेको दाबीसहित २६२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा प्रतिवादी बनाइएका ३५ जना बाहेक अन्य ऋणी हुन् ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगमा सर्वसाधारणको बचत तथा शेयर जम्मा गरेको रकम व्यक्तिगत सम्पति खरिदमा र बराह ग्रुप अफ कम्पनी अन्तरगतका १४ वटा कम्पनीमा लगानी गरेको उल्लेख छ ।

बराह ज्वेलरी हुँदै उदाएको बराह ग्रुपले बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरेको थियो । सहकारीको बचत मास्नका लागि ज्वेलरीमार्फत कारोबार भएकाे थियाे ।

सहकारीको दायित्व १० अर्ब ८९ करोड ९५ लाख २० हजार २३५ रुपैयाँ छ । जसमा ज्वेलरीमा जम्मा भएको ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ हो । शेयर रकम १० करोड १३ लाख ९७ हजार ३ सय, सहकारीमा भएको बचत ६८ करोड ९७ लाख ३४ हजार ६४७ रुपैयाँ र बचतको व्याज १ करोड ५५ लाख ३५ हजार ३०६ रुपैयाँ छ ।

सहकारीको दायित्व पुरा गर्नका लागि सञ्चालकबाट १० अर्ब ७१ करोड ४३ लाख ४७ हजार रुपैयाँ असुल गर्नुपर्ने अभियाेगमा उल्लेख छ । यो सहकारीको नाममा बैंक मौज्जात भने ७ लाख २७ हजार ७८० रुपैयाँ छ ।

बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा(लामिछाने)बाट ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७३३ रुपैयाँ हिनामिना भएकाले सोही अनुसार असुल गर्नुपर्ने अभियोग दाबी छ ।

शिवकुमार स्वयम्ले भने २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैया अपचलन गरेको दाबी छ । उनका बुबाले स्वर्गीय इन्द्रकुमार विश्वकर्माले २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६ रुपैयाँ, विष्णुमाया विश्वकमाको नाममा ७१ करोड हिनामिना भएको देखिन्छ । बुबाआमा नै नभएका कारण उनीहरुको दायित्वपनि छोरा शिवमा सरेको छ ।

शिवकी बहिनी मन्दिरा लामिछानेबाट १ अर्ब २३ करोड ११ लाख ९१ हजार १ सय रुपैयाँ, बराह बचत तथा ऋण सकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्माबाट १ अर्ब ११ करोड ८१ लाख ८१ हजार २१७ रुपैयाँ, हरिकुमार धमाल (विश्वकर्मा)बाट ३७ करोड ६१ लाख २४ हजार ३२८ रुपैयाँ, प्रकाश लामगादेबाट ४८ करोड १८ लाख ८९ हजार ८९ रुपैयाँ, शुभराज खातीबाट ४३ करोड ७१ लाख ८१ हजार ८२७ रुपैयाँ असुल गर्नुपर्ने अभियोग दाबी छ ।

शिवसहित ३५ जनाविरुद्ध सहकारी ऐन २०७४ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको बिगो र सजायको माग दाबी गरिएको छ ।

बराह ग्रुप अन्तरगतको बराह ज्वेलरी र बराह सहकारीबाट ठगिएको भन्दै ४१६८ वटा जाहेरी दर्ता भएको थियो, जसमा ५ अर्ब ८५ करोड ९८ लाख ७७ हजार ७३९ रुपैयाँ रकम भराउन माग गरिएको छ ।

बराह सकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका मध्ये मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगाबहादुर विश्वकर्माकी श्रीमती सरिता (कालिकोटे) वि.क, अस्मिता भण्डारी, विष्णुकुमारी तुलाधर, रवि पोर्तेल (सुनार), फुलकुमारी भन्ने फूलमाया राई, सुदिन वि.क.,महत क्षेत्री, अपना श्रेष्ठ, रिना राई, बिक्रम गजमेर पक्राउ परेका थिए । उनीहरुको बयान जारी छ ।

पक्राउ परेकी रिना राई बराह ग्रुपका अध्यक्ष शिव विश्वकर्माकी श्रीमती हुन् । बराह सहकारी संकटमा परेपछि उनीहरुले सम्बन्ध बिच्छेद गरेका थिए । उनले बयानका क्रममा ससुराबुबा इन्द्रबहादुर विश्वकर्माको मृत्युपछि कम्पनी समस्या परेको उल्लेख गरेकी छन् । २०६९ माघ १६ गते इन्द्रबहादुर हङकङमा भुण्डिएको अवस्थामा मृत भेटिएका थिए । त्यसबेलासम्म हङकङको कारोबार रिना र शिवले हेर्थे । इन्द्रबहादुरको मृत्युपछि व्यवसाय सञ्चालनका लागि शिव नेपाल फर्किएका थिए ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.