
काठमाडौं । ललितपुरमा पानीका लागि बोरिङ गर्दा आगोको ज्वाला निस्किएको छ ।
ललितपुरको टिकाथलीमा बोरिङको पाइप गाड्ने क्रममा पाइपबाटै आगोको ज्वाला निस्किएको हो ।
स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । आगोका कारण बोरिङ गर्ने काम रोकिएको छ ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीका अनुसार बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताए । विस्तृत विवरण भने नआइसकेको उनले बताए ।

























