
विराटनगर । मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका एक सदस्य मृत फेला परेका छन् ।
आज बिहान भवनभित्रको आवासमा रहेको आफ्नै ओछ्यानमा सदस्य नरेश यादव मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बताए ।
उनले त्यहाँ बान्ता गरेको भेटिएको छ । मृत्युको कारण भने नखुलेको डिएसपी सिंहले बताए ।
शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ ।























