विराटनगर भन्सारबाटै तस्करीको आशंका, जाँचपास भइसकेको ट्रक नियन्त्रणमा

Share this
637shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २०, मंगलबार १२:५४

विराटनगर । व्यापारीसँगको ‘सेटिङ’ एवं कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा विराटनगर भन्सार कार्यालयबाटै तस्करी हुन थालेको आशंका छ ।

जाँचपासका क्रममा भएका केही शंकास्पद गतिविधिले तस्करीलाई बढवा दिइरहेको प्रष्ट हुन्छ । भन्सारको प्रज्ञापन पत्रमा उल्लेख गरिएको भन्दा बढी सामान कटाएर तस्करी भइरहेको हो ।

प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी सामान ढुवानीका साधनमा राखेर तस्करी गर्ने गरिएको भन्सार स्रोतले बतायो । स्रोतका अनुसार व्यापारी, कर्मचारी र भन्सार एजेन्टको मिलेमतो बिना त्यो सम्भव छैन ।

भन्सारबाट जाँचपास भएको भन्दा बढी परिमाणको सामान ल्याइएको सूचनाका आधारमा प्रहरीले सोमबार साँझ एउटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडबाट युपी ८७–९१८१ नम्बरको ट्रकसहित सामान र चालकलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार उक्त ट्रकमा भन्सारबाट पास गरिएको भन्दा बढी मूल्यका सामानहरु रहेको सूचना साँझ ५ः३० बजेतिर आएको थियो । त्यसलगत्तै खटिएको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।

जोशीका अनुसार ट्रकमा विद्युतीय, फुड सप्लिमेन्ट्री, शृंगारका सामान, मेडिकल उपकरणजस्ता वस्तु लोड गरिएको प्रज्ञापन पत्रमा उल्लेख छ । ४५ लाख रूपैयाँ बराबरको सामान र ट्रकसहित चालक भारतीय नागरिक ३५ वर्षीय मोहमद अस्लामलाई नियन्त्रणमा लिइएको उनले बताए ।

सामान लोड गरिएको ट्रक र चालक अस्लामलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जानकारी जोशीले दिए । उनका अनुसार सामान कसको हो भनेर यकिन भइसकेको छैन । राजस्व अनुसन्धानले अनुसन्धान गरेपछि नै थप कुरा पत्ता लाग्ने जोशीको भनाइ छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख परिवर्तन भएका छन् । भन्सार प्रमुखका रूपमा उमेश श्रेष्ठ आएका छन् । यसअघिका प्रमुख ज्ञानेन्द्र ढकालले सोमबारदेखि औपचारिक हिसाबले बिदा लिएका छन् ।

ढकालले भन्सार प्रमुख भएर विराटनगर रहँदा तस्करी नियन्त्रणका लागि उल्लेख्य भूमिका खेलेका थिए । उनको सरुवा भएर नयाँ प्रमुख आएपछि तस्करीका लागि व्यापक चलेखल भइरहेको स्रोतले बतायो । स्रोतका अनुसार भन्सारकै कर्मचारी, एजेन्ट र व्यापारीबीच चलखेल भइरहेको हो ।

विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुमीत गुप्ता भन्सार जाँचपास भएर निस्किएको ट्रक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिनु सामान्य प्रक्रिया भएको बताउँछन् । ‘यो नियमित र सामान्य प्रक्रिया हो । शंका लागेमा कुनै गाडीलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सक्छ,’ उनले भने ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रकको सामान कसको हो र कसले जाँचपास गरेका थिए भनेर भन्सार अधिकृत गुप्ताले खुलाउन सकेनन् । ‘जाँचपास गर्ने कर्मचारी र भन्सार एजेन्टका बारेमा मलाई थाहा भएन । सामान कसको हो भनेर यकिन छैन । त्यो कुरा राजस्वतिरबाटै नै थाहा हुन्छ,’ उनले भने ।

गुप्ताले काम गर्ने क्रममा केही कमजोरी भए पनि तस्करीलाई प्रसय दिने खालका कुनै गतिविधि भन्सारबाट नभएको बताए । ‘पहिलेको प्रमुख सरुवा भएर जानु भएको छ । सोमबारदेखि नयाँ प्रमुख आउनु भएको छ । भन्सारबाट तस्करी हुने कुरा सम्भव छैन,’ उनले भने ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.