
काठमाडौं । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने स्थानीय जनप्रतिनिधिलाई कारबाहीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको छ ।
सर्वोच्च अदालतको फैसलाको उल्लंघन हुनेगरी १ फागुन गते जनयुद्ध दिवसको नाममा बिदा दिएका स्थानीय तहका प्रमुख र वडाध्यक्षहरूलाई कारबाही हुनुपर्ने माग राखी निवेदन दर्ता भएको हो । उनीहरूले अदालतको अवहेलना गरेको निवेदनमा दाबी छ ।
अधिवक्ता ज्ञानेन्द्र आरण, नेपाली कांग्रेसका नेताहरू कुलबहादुर गुरुङ, विनयध्वज चन्द लगायतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन् ।
फागुन १ मा जनयुद्ध दिवसका नाममा सार्वजनिक विदा दिनेहरुलाई अवहेलनाको कारबाही हुनुपर्ने माग उनीहरूको छ ।
छुट्टाछुट्टै निवेदनमा उल्लेखित विवरण अनुसार ४५ वटा स्थानीय तह र एउटा वडाले जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएका थिए ।
उनीहरुले रोल्पाको सुनछहारी, माडी, सोलुखुम्बुको थुलुङ दुधकोशी, रुकुमको बाफिकोट, काभ्रेको चौरी देउराली लगायतका गाँउपालिकाका प्रमुखलाई विपक्षी बनाएका हुन् ।

























