
काठमाडौं । अमेरिकाबाट निष्कासित नेपालीहरुलाई बोकेर आएको अमेरिकी जहाज काठमाडौंमा अवतरण भएको छ ।
अमेरिकी चार्टर जहाज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि अमेरिकाले गैरकानुनी रूपमा बस्ने र काम गर्ने विदेशी नागरिकहरूलाई आफ्नो मुलुकमा फर्काउने क्रम जारी राखेको छ ।
सोही अनुसार अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरुलाई पनि फिर्ता गरेको हो ।

























