अमेरिकाबाट फर्काइएका नेपालीलाई सोधपुछपछि परिवारको जिम्मा

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २१, बुधबार १६:२७
फाइल फाेटाे

काठमाडौं । अमेरिकाबाट फर्काइएका ८ जना नेपालीलाई परिवारको जिम्मा लगाइएको छ ।

प्रहरीसँग करिब अढाइ घन्टा सोधपुछपछि परिवारको जिम्मा लगाइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रहरीको मानव बेचबिखन ब्यूरो लगिएका उनीहरूलाई ब्यूरोले परिवारको जिम्मा लगाएको हो ।

अमेरिकामा अवैध आप्रवासी ठहर भएर देशनिकाला गरेका ८ नेपालीलाई चार्टर्ड विमानबाट काठमाडौं ल्याएर छाडिएको थियाे ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार बिहान ९ः५३ बजे आइपुगेको थियो । विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार अवतरणको हकमा जम्मा १४ जनाका लागि अनुमति लिए पनि ८ जना मात्रै लिएर विमान आएको थियाे । तीमध्ये एक महिला र ७ जना पुरुष छन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बसोबासका लागि वैधानिक कागजपत्र नभएका आप्रवासीलाई देश फिर्ता गर्ने गरी कार्यकारी आदेश जारी गरेपछि यसअघि पनि केही नेपालीहरू निकालामा परेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.