पूर्वयुवराज पारस शाह डिस्चार्ज

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन २२, बिहीबार १५:४३

काठमाडौं । स्वास्थ्य अवस्थामा सुधार भएपछि पूर्वयुवराज पारस शाहलाई अस्पतालले डिस्चार्ज दिएको छ । अस्पताल भर्ना भएको ४ दिनपछि उनी डिस्चार्ज भएका हुन् ।

हृदयघात भएपछि उचपारका लागि उनलाई गत आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य सामान्य बनेसँगै बिहीबार बिहान डिस्चार्ज दिइएको नर्भिक अस्पतालका प्रवक्ता अजय मिश्राले बताए ।

पारसलार्य निवासमै हृदयघात भएको थियो । मुटुमा ‘स्टेन’ राखिएका उनलाई केही दिन चिकित्सकको विशेष निगरानीमा राखेर उपचार गरिएको थियो । पारसको उपचारत डाक्टर यादव भट्ट नेतृत्वको टोलीले गरेको थियो ।

पारस योसँगै चौथो पटक हृदयाघात भइसकेको छ । यसअघि २०७५ माघमा हृदयाघात भएको थियो । त्यसअघि थाइल्यान्डमा रहँदा र अर्को १ पटक पनि हृदयाघात भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×