
महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार कागज उद्योगको उद्घाटन गरेका छन् । उनले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को उद्घाटन गरेका हुन् ।
महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले उद्योगको उद्घाटन गरेका थिए । आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने उल्लेख गरेको छ ।
उद्योगका कारण कागज आयातमा कमी आउने अपेक्षा गरिएको छ । उद्योगले करिब ३ सयलाई रोजगारी दिने जनाएको छ । नेपालमा वार्षिक करिब १ लाख ५० हजार मेट्रिकटन कागज खपत हुने गरेको तथ्यांक छ ।



















