महिला सशक्तीकरणमा कोशीका मुख्यमन्त्रीको जोड

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २४, शनिबार ०८:३६

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला सशक्तीकरणमा जोड दिएका छन् ।

महिलाले सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान नभएसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न नसकिने उनको भनाइ छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले महिलाहरूको सशक्तीकरण र राजनीतिक क्षेत्रमा पहुँच स्थापना हुनुपर्नेमा जोड दिए ।

‘हाम्रो समाजमा महिलामाथि हुने सबै विभेद र कुरीतिलाई हटाउँदै समुन्नत समाज निर्माण गर्न लाग्नुपर्छ,’ उनले भने, ‘कोशी प्रदेश सरकार स्थापना कालदेखि नै महिलाहरूको सशक्तीकरण र उहाँहरुको उहाँहरूको समृद्धि तथा विकासका लागि प्रतिबद्ध छ ।’ मुख्यमन्त्री कार्कीले राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता र पहुँच वृद्धि हुनुपर्ने बताए ।

नेपाली जनताको ७० वर्षको त्याग र बलिदानीबाट बनेको संविधानले महिलाको अधिकार स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको स्मरण मुख्यमन्त्री कार्कीले गरेका छन् । महिलाहरूको त्याग र समर्पणले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै दिवसले सबैलाई अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास कार्कीले व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.